सालिन मृत्युको घटनाले बेचैन बनायो, अनुसन्धानमा सहयोग गरौँ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो संवेदनशील घट्नामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस भनेका छन् । उनले सबैले उक्त घट्नाको अनुसशन्धानलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।

“चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन्,” उनले फेसबुकमा लेखेका छन्, “यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार