क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर पाएँः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालको इतिहासमा क्रान्ति र शान्तिको नेतृत्व गर्ने अवसर पाएको बताएका छन् । आज (शनिबार) लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले लामो क्रान्तिको नेतृत्व गरेकाले शान्तिको आवश्यकता र महत्व बुझेको बताए ।

‘नेपालको इतिहासमा हामीमात्रै त्यस्तो शक्ति र नेतृत्व हौं, जसले क्रान्ति र शान्तिको नेतृत्व गर्ने अवसर प्राप्त गर्यो । जसले क्रान्तिको नेतृत्व गर्दछ, शान्तिको आवश्यकता र शान्तिको महत्व पनि त्यही नेतृत्वले सबैभन्दा बढी आत्मसात गर्नसक्छ,’ उनले भने ।

साथै, उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि शान्तिको उद्गम भूमि र पुण्य भूमिका रुपमा मात्रै नभएर क्रान्तिकारी आन्दोलनको नेतृत्व, अग्रगमन परिवर्तनको दृष्टिले समेत उत्तिकै परिचित रहेको बताए । उनले लुम्बिनी क्रान्ति र शान्तिको सन्देशको सबैभन्दा राम्रो दृष्टान्त भएको बताए ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै मौलिक प्रकृतिको रहेको र नेपालमै नेपालीहरुकै प्रयासबाट यो सम्भव भएको बताए । उनले नेपालको शान्ति प्रक्रियामा सबैले गर्व गर्नपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार