त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्डसमाथि नेपाल ६ विकेटले विजयी

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ ।

पाहुना टोलीले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकालेको हो ।

यससँगै नेपालले सिरिजको फाइनल यात्रा पनि तय गरेको छ । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार