पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पौने ४ बजेतिर बाप्र ०२–०३४प५६२१ नम्बरको मोटरसाइकल हल्लनचोकबाट जिरो किमीतर्फ जाँदै गर्दा बुलौदीको ओरालोमा सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृत्यु हुनेमा कैलालीको सोरहनपुर गाउँपालिका वडा ३ घर भएका वर्ष २८ का महेश आचार्य र सोही ठाउँ घर भएका ३० वर्षीय शैलेन्द्रकुमार उपाध्याय रहेका छन् ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते उनीहरुको गण्डकी क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

दुवैको शव क्षेत्रीय अस्पतालमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार