टोखामा ३० वर्षीय युवकले गरे आत्मदाहको प्रयास, अवस्था गम्भीर

काठमाडौंमा एकजना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन् ।

नुवाकोटको लिखु गाउँपलिका–१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्काले टोखा नगरपालिका–१ को चेकपोष्ट नजिक जंगलमा आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीद्धारा उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ । तर, उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आफैं आगो लगाउनुको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार