कुशल मल्लको अर्धशतकमा नामिबियालाई १८१ रनको चुनौती

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले नटआउट ५५ रन बनाए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाएका हुन् । उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो चौथो अर्धशतक हो । ८ ओभरमा ४ विकेट गुमाएको नेपालको इनिङ्स कुशल र आरिफ सेखले सम्हालेका थिए । सेख ३१ रनमा आउट भए ।

यसअघि ओपनर आसिफ शेखलाई १ रनमा गुमाएको नेपालका कप्तान रोहित पौडेल १० रनमा आउट भएका थिए । तेस्रो विकेटको रुपमा नेपालका अनिल शाह २३ रनमा आउट भए । गुलसन झा १६ बलमा २६ रन बनाएर आउट भए । दिपेन्द्रसिंह ऐरीले १६ र करन केसीले ७ रन बनाए । सोमपाल कामी २ रनमा आउट हुँदा प्रतिस जिसी १ रनमा नटआउट रहे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार