रजनीकान्त ‘इकोनोमिक क्लास’वाट यात्रा गरिरहेको भेटिए, ३३ बर्ष पछि अभिताभ बच्चनसँग देखिदैँ

मुम्बई। रजनीकान्त एक प्रतिभाशाली कलाकार मात्र होइनन, उनी ती स्टारहरू मध्ये एक हुन् जसले सादगी जीवनलाइ मानिसहरूले बिर्सन सक्दैनन । रजनीकान्तले फिल्मबाट धेरै धन र प्रसिद्धि कमाए तर आफ्नो सादगीलाई कहिल्यै बिर्सदैनन । भनिन्छ नि कलाकारहरु आफ्नो स्टाइलका कारण मानिसको मनमा राज गर्छन् । उनको सादगी जीवनका कारण पनि मानिसहरूले उनलाई आफ्‍ना देवता भनी पुजा गर्छन्।

यसैबीच अभिनेताको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसलाई हेरेर फ्यानले उनको निकै तारिफ गरिरहेका छन् । फिल्मी सेलिब्रेटीहरू बिजनेश क्लासमा यात्रा गर्ने प्रायः देखिन्छ तर रजनीकान्तको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी इकोनोमी क्लासको फ्लाइटमा सर्वसाधारणको बीचमा यात्रा गरिरहेका देखिन्छन् ।

भिडियोमा अभिनेतालाई विमानको विन्डो सिटमा आरामसँग बसेको र त्यहाँ उपस्थित व्यक्तिले उनको भिडियो र तस्विर खिचिरहेको देख्न सकिन्छ । तर, आफ्नो सादगीले मानिसको मन जितेको यो पहिलो पटक भने होइन । यो भिडियो अघि अभिनेताका केही तस्बिर भाइरल भएका थिए, जसमा उनी काँधमा झोला झुण्डाएर एयरपोर्टबाट निस्किएको देखिएका थिए ।

यति ठूला सुपरस्टार भए पनि झोला आफै बोकेर हिडिरहेका थिए । उनको स्टाइल देखेर मानिसहरु निकै खुसी भए । अभिनेता छिट्टै अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्दै देखिनेछन् । दुबै ३३ वर्षपछि फिल्म ‘थलाइवर १७०’ मा सँगै देखिदैछन् । रजनीकान्तले एक पोस्ट सेयर गरेर खुशी व्यक्त गरेका थिए । फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘३३ वर्षपछि म मेरा गुरु अमिताभ बच्चनसँग आउँदैछु । चलचित्र केटीजे ज्ञानवेलको निर्देशनमा बन्न लागेको हो । नाम थलाइवर १७० हो। यसैमा म उनीसँग फेरि काम गर्दैछु । म खुशीले पागल भएको छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार