प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सर्वोच्च अदालतले आज गरेको फैसलाबाट बहिगर्मन निश्चित भएपछि छलफलका लागि उनी शीतलनिवास गएका हुन् । प्रधानमन्त्रीले आजै राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने सम्भावनासमेत रहेको छ ।

सोमबार सर्वोच्चले प्रतिनिधिसभा विघठन असंवैधानिक ठहर गर्दै बदर गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री बनाउन आज परमादेश जारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार