हाजिर जमानीमा रिहा भए लघुवित्त पीडितहरु

संसद भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरुलाई रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरु सोमबार (फागुन १४ गते) नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रबाट संसद् भवन परिसरमा छिरेर प्रदर्शन गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए ।

४८ महिला र एक पुरुष गरी ४९ जना लघुवित्त पीडितहरूलाई प्रहरीले मुद्दा चलाउन म्याद थप गरेको थियो ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार