एमालेको निष्कर्ष : अदालतबाटै प्रधानमन्त्री चयन गर्ने काम लोकतन्त्रको मूल्य मान्यताविपरीत

नेकपा (एमाले)ले सर्वोच्चको आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले अदालतबाटै प्रधानमन्त्री चयन गर्ने आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको निष्कर्ष निकालेको हो । बैठकले अदालतको आदेश अनपेक्षित र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन गर्ने जनाएको छ ।

त्यस्तै बैठकले सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले जुन दिशातिर राजनीति र प्रणालीलाई लैजान खोजिएको छ, त्यसमा एकदमै चिन्तित भएका बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार