कुमारी सबल योजनाका इकाइ बाँडफाँट

कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘कुमारी सबल योजना’का इकाइ बाँडफाँट गरिएको छ ।

कुमारी क्यापिटलमा आयोजित कार्यक्रममा योजनामा रीतपूर्वक आवेदन दिएका २९ हजार १३४ जनालाई मागबमोजिम इकाइ बाँडफाँट गरिएको हो ।

कुल १ अर्ब पुँजी रहने १० वर्षे योजनामा सर्वसाधारण तथा संघ–संस्थालाई ८५ प्रतिशत, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत र कोष प्रवर्द्धक कुमारी बैंकलाई १४ प्रतिशत इकाइ छुट्याइएको छ ।

योजनाको १० रुपैयाँ अंकित १० करोड इकाइ माघ २८ देखि बिक्री खुलाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार