सुस्ता गाउँपालिकालाई लुम्बिनीबाट गण्डकीमा ल्याउन एमालेको संकल्प प्रस्ताव

नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलले लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न संकल्प प्रस्ताव दर्ता गरेको छ । संविधानको अनुसूची–४ अनुसार हाल लुम्बिनी प्रदेशमा रहेको तर त्यसलाई गण्डकीमा फिर्ता ल्याउन भन्दै बुधबार गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको हो ।

संविधान निर्माणका बेला नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहने गरी भूगोल निर्धारण गरिएको थियो ।

तर, सीमा हेरफेर गरी सुस्ता गाउँपालिका लुम्बिनीमा परेको भन्दै फिर्ता ल्याउन एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीको तर्फबाट प्रमुख सचेतक गोविन्द नेपालीले गण्डकीको संसद सचिवालयमा बुधबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् । ६ महिनापछि गण्डकी प्रदेश सभाको अधिवेशन बुधबार बस्दैछ ।

गण्डकीमा रहेको सुस्ता गाउँपालिका लुम्बिनीमा कसरी पर्‍यो, सुस्ता र विनयी त्रिवेणी गाउँपालिका तथा प्रदेशको सीमा परिवर्तन कहिले, कुन प्रक्रिया र कुन कानुनी व्यवस्था अनुसारको निर्णय भएको हो भन्ने प्रश्नसहित एमाले संसदीय दलका नेता खगराज अधिकारीले अध्ययन गर्न र यथाशीघ्र प्रदेशसभामा प्रस्तुत गर्न माग गरेका छन् ।

पोखरा । नेकपा ९एमाले० गण्डकी प्रदेश संसदीय दलले लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न संकल्प प्रस्ताव दर्ता गरेको छ । संविधानको अनुसूची–४ अनुसार हाल लुम्बिनी प्रदेशमा रहेको तर त्यसलाई गण्डकीमा फिर्ता ल्याउन भन्दै बुधबार गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको हो ।

गण्डकीमा रहेको सुस्ता गाउँपालिका लुम्बिनीमा कसरी पर्‍यो, सुस्ता र विनयी त्रिवेणी गाउँपालिका तथा प्रदेशको सीमा परिवर्तन कहिले, कुन प्रक्रिया र कुन कानुनी व्यवस्था अनुसारको निर्णय भएको हो भन्ने प्रश्नसहित एमाले संसदीय दलका नेता खगराज अधिकारीले अध्ययन गर्न र यथाशीघ्र प्रदेशसभामा प्रस्तुत गर्न माग गरेका छन् ।

ब्नलष् न्चयगउ
संविधानअनुसार सुस्ता गण्डकी प्रदेशको भूगोल भए पनि अहिले लुम्बिनीमा परेको छ । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि यसबारे निर्णय गरेर संघमा पठाएको थियो । तर, अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिले संकल्प प्रस्ताव नै दर्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने माग एमालेले राखेको छ ।

उनले गण्डकी प्रदेशले गुमाएको भूगोल फिर्ता ल्याउन कानुनी प्रक्रिया अगाडि बढाउनको लागि प्रदेश सरकारलाई निर्देशन दिन संकल्प प्रस्ताव दर्ता गरेको बताए ।

अहिले लुम्बिनी प्रदेश अन्तर्गत रहेको सुस्ता गाउँपालिकाको २०७४ साल असार ३० गते बसेको पदाधिकारीहरुको पहिलो वैठकले सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा नै राख्न माग गर्ने निर्णय गरेको थियो । तर, सरकारले बेवास्ता गरेको भन्दै एमालेले संकल्प प्रस्ताव ल्याएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार