सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भइरहेको हो ।

छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार