भक्तराज आचार्यको अन्त्येष्टि

काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सलामिसहित अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो ।

पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो । उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा दिउँसो बाटोमै उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए।  आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार