सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार