गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

उनी वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए । उनलाई भजन शिरोमणिका उपनामले पनि चिनिन्छ। उनका दुई छोरा सत्यराज र स्वरूपराज पनि नेपाली सुगम संगीतमा स्थापित गायक छन्।

 उनले गाएको जति चोट दिन्छौ देऊ मायालु बोलको गीत निकै लोकप्रिय छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार