वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु, पाँच घाइते

बाराको वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनले सोही नगरपालिका–७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए।

विस्फोटमा परि ५ जना घाइते भएका छन् । सोही नगरपालिका वडा-५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएका हुन् ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार