नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

काठमाडौं– नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेको सेयर बजार १९९२.३० विन्दुमा पुगेर बन्द भएको छ ।

आज ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ ।

१६७ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार