सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेकाे हो । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार