नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

नेपालमा सोमबार थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६८९ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ६९० र ३ हजार ८९५ एन्टीजेन परिक्षणका क्रममा ६८० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७लाख १ हजार ४५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १८ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ४०० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार १३३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २१ हजार २७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३४ लाख २३ हजार १६४ वटा पिसिआर र २ लाख ३८ हजार ६७२ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार