माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दैछ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । बैठक साँझ ५ बजे बस्ने जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार