मास्क लगाएकी महिलाले प्रसूति गृहबाट चोरेकी थिइन २६ दिनको बच्चा

काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी छन् । काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका-३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षियासबिना श्रेष्ठकी २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन्।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको समयमा उपचारका लागि लाइनमा उभिएकी अपरिचित महिलाले २६ दिने छोरी लिएर बेपत्ता भएपछि परिवार चिन्तामा डुबेको छ। ती महिलाले लाइनमा उभिएका बेला बोकिदिन्छु भनेर शिशुलाई लिएकी थिइन्।अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले संदिग्ध महिलाको खोजी थालेको छ ।

अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ । अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् ।

सविनाले २६ दिनअघि छोरीलाई थापाथलीस्थित प्रसूति अस्पतालमै शल्यक्रिया गर‍ेर जन्माएकी थिइन्। जन्डिस देखिएपछि लगातार उपचारमा रहेका उनीहरूले तीन दिनअघि मात्रै शिशु घर लगेका थिए जन्डिसकै फलोअपमा उनीहरू अस्पताल आएका थिए। सविनाले अघिल्लो वर्षको माघमा पुजन श्रेष्ठसँग बिहे गरेकी थिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार