सिटी एक्सप्रेसले ल्याएको योजनाको उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौंस्थित म्यारिएट होटेलमा ‘विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १० गुणा बढी पाऔँ’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔँ’ योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङलाई पाँच लाख ३० हजार ७५० र कोरियाबाट रेमिट्यान्स पठाउने सुवास लिम्बूलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति थियो । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मंसिर १५ गतेसम्म चल्ने गरी चाडपर्वलक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार