मन्त्री ज्वालाको विषयमा प्रतिवेदन सार्वजनिक भएपछिमात्रै पार्टीले धारणा तय गर्ने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको विषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले बालकुमारी घटनाको प्रतिवेदन प्रधानमन्त्रीले बुझेको तर सार्वजनिक नभएको अवस्थामा सार्वजनिक भएपछि मात्रै पार्टीको धारणा तय गर्ने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बालकुमारी घटना श्रम मन्त्रालयसँग सम्बन्धित रहेको, गोली हान्न आदेश दिने गृहमन्त्रालय भएको भन्दै उनले प्रतिवेदनमा कसलाई कुन कारणले दोषी देखाइएको भन्ने पत्ता लाग्न नसकेको उनले बताए । प्रवक्ता खतिवडाले यस विषयमा आन्तरिक रुपमा छलफल भएपनि प्रतिवेदनलाई पर्खने निर्णय रहेको जिकिर गरे ।

बैठकमा समसामायीक विषय, पार्टीको आन्तरिक नीतिगत विषय र महाधिवेशन तयारीका बारेमा छलफल भएको उनले बताए । सचिवालय बैठक फाल्गुन १४ गते पुन बस्ने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार