कांग्रेसको महासमिति बैठक सम्पन्न, विधान मस्यौदा समिति बनाउने महामन्त्री थापाको अठोट

काठमाडौं– चार प्रस्ताव पारित गर्दै कांग्रेसको महासमिति बैठक समापन भएको घोषणा गरिएको छ । बैठकले नीति, साङ्गठनिक , राजनीतिक, लेखा प्रस्ताव पारित गरेको छ । यसबारे जानकारी दिँदै कांग्रेस महामन्त्री गगन थापाले विधान मस्यौदा समिति बनाउने उद्घोष गरेका छन् ।

असन्तुष्ट बनेका महासमिति सदस्यहरूलाई आश्वासन दिँदै प्रतिनिधिहरूको सुझाव केन्द्रमा राखेर काम गर्ने बताए । ‘अरु पार्टीमा दबाब खुम्च्याइन्छ तर कांग्रेसमा त्यस्तो हुँदैन’ थापाले भने, हामी अरुभन्दा फरक संस्कार भएको पार्टीका सदस्य हौं ।

महामन्त्री थापाले सबै प्रस्तावमाथि छलफल भएको र त्यसलाई मसिनो गरी लिपिवद्ध गर्ने प्रतिवद्धता जनाए । थापाले टीआरसी विधेयक संसदबाट छिट्टै पारित गर्ने आश्वासन दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार