त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

 त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

सिफारिस गरिएका तीन जनामध्ये बराललाई प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका हुन् । केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।

सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसँगै प्रा.डा चित्रबहादुर बुढाथोकी र प्रा.डा टंकनाथ धमलाको पनि नाम सिफारिस भएको थियो । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ‘सर्टलिस्ट’ मा १४ जना परेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार