मुस्लिमहरूकाे तेस्राे पवित्र स्थलमा इजरायलले गर्ने भयाे कडाइ

तेल अहिव। मुस्लिम समुदायका लागि इजरायलमा रहेको अल अक्सा मस्जिदको महत्त्वपूर्ण तीर्थस्थल हो । विश्वभरीका मुस्लिम समुदायले यसलाई मक्का र मदिना पछि आफ्नो तेस्रो पवित्र स्थल मान्छन्। 

यो ठाउँ मुस्लिम समुदाय अर्थात इस्लाम धर्मालम्बीका लागि मात्र होइन, यहूदी र इसाईहरूमा पनि प्रमुख स्थान मानिन्छ । यहूदीहरूले यस ठाउँलाई ‘टेम्पल माउन्ट’ भन्ने गर्छन् । क्रिस्चियन धर्मका मानिसहरु अल अक्सा कम्प्लेक्स यही रहेको बताउँछन् । त्यहाँ येशू ख्रीष्टले आफ्नो उपदेश दिएका थिए र उनलाइ यही सहरमा क्रुसमा टाँगिएको थियो र पछि उनको यहीँ पुनर्जन्म भएको विश्वास गरिन्छ ।

यही कारणले गर्दा यस ठाउँलाई लिएर तीन समुदायबीच सधैं प्रतिस्पर्धा हुने गरेको छ । विशेष गरी यहूदी र मुस्लिम बीच यो स्थानको बारेमा धेरै र लामो समय देखी विवाद हुदैँ आएको छ। हाल, यो स्थान इजरायलमा अवस्थित छ, त्यसैले यो प्रायः यहूदीहरूको प्रभुत्व छ।

यहाँ इजरायली कानून यस ठाउँमा प्रचलित छ। तर, पवित्र महिना रमजानमा मुस्लिम समुदायको भावनालाई मध्यनजर गर्दै उदारता देखाइए पनि यसपटक मुस्लिमका लागि कानुन थप कडा बनाइएको इजरायली मिडियाले जनाएका छन ।

रमजानको महिनामा यस ठाउँको अवस्था प्रायः परिवर्तन हुने गरेको देखिन्छ। यही कारणले गर्दा यस पटक इजरायली सरकारले मस्जिदमा प्रवेशमा प्रतिबन्ध लगाएको छ । उनले यसको पछाडि इजरायल र हमासबीच चलिरहेको युद्धलाई जिम्मेवार ठहराए।

न्युज १८ को रिपोर्टका अनुसार यस पटक प्यालेस्टाइनीहरू मस्जिदमा प्रवेश गर्न सक्ने आशा कमै छ, चाहे त्यो उमेर जुनसुकै होस् । यद्यपि, धेरै मिडिया रिपोर्टहरूमा यो भनिएको छ कि १० वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई पनि अल अक्सा मस्जिदमा प्रवेश गर्न सक्छन तर यस अवधिमा कुनै पनि व्यक्ति आन्दोलनमा सहभागी नहुने गरी कडा निगरानी राखिने छ । 

यदि कसैले सो क्रममा प्यालेस्टाइनको झण्डा बोकेको देख्यो भने उसलाई कडा कारबाही गरिने इजरायलले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार