सर्वोच्चले भन्यो : धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।

सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलबार साँझ पाँच बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परामादेश दिएको छ ।

सर्वोच्चको फैसला अनुसार अब देउवालाई समर्थन गर्ने एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले संसदमा देउवालाई विश्वासको मत दिन चाहे एमाले संसदीय दलको ह्वीप नलाग्ने भएको छ ।

संविधानको धारा ७६ को ५ अनुसार उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। उक्त धाराअनुसार बन्ने सरकारमा पार्टीको ह्वीप नलाग्ने गरी सर्वोच्चले व्याख्या गरिदिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार