डिशहोमको एक्शन स्पोर्ट्स एचडीमा पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण

डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ ।

नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर १७ फेब्रुअरीबाट प्रत्यक्ष प्रसारण गरिएको डिशहोमले जनाएको छ ।

१७ फेब्रुअरीदेखि मार्च १८, २०२४ सम्म नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् ।

रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने वाचा गरेको छ ।

एक्शन स्पोर्ट्स एचडी मा यो विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा आफू रम्न सक्ने कम्पनीको विश्वास छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार