ग्यालेक्सी ए१५ फाइभजी सोमबारदेखि बजारमा, २८ देखि ३४ हजारसम्म मूल्य

सामसङले नेपालमा ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोनले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेको कम्पनीको दाबी छ ।

‘ए१५ फाइभजीको आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो, जसले आधुनिक प्रयोगकर्ताका आजका मागहरू मात्र पूरा गर्दैन, भविष्यमा आउने आवश्यकताहरू पनि ध्यानमा राख्छ’, कम्पनीले भनेको छ । यस डिभाइसमा एफएचडीप्लस रेजोल्युसन, ६।५ इन्चको सुपर अमोलेड इन्फिनिटी–यू डिस्प्ले छ भने ९०एचजेटको रिफ्रेस रेट रहेको कम्पनीले उल्लेख गरेको छ ।

फोनमा अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१००प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, अद्भुत पर्फमेन्स र द्रुत फाइभजी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ ।

ए१५ फाइभजीको क्यामरा फोटोग्राफीको लागि उत्कृष्ट छ । पछाडिको सेटअपमा ५०एमपी वाइड–एंगल क्यामरा, ५एमपी अल्ट्रा–वाइड क्यामेरा र २एमपी म्याक्रो क्यामरा समावेश छ। १३एमपी फ्रन्ट क्यामरा शानदार सेल्फीका लागि उपयुक्त रहेको सामसङले जनाएको छ ।

यो फोनमा नवीनतम एन्ड्रोइड १४ मा चल्छ र यसमा सामसङको प्रयोग गर्न सजिलो वान यूआई ६.० छ । यो डिभाइसले ४ वर्षको ओएस अपडेटहरू र ५ वर्षको सुरक्षा अपडेटहरू पनि प्रदान गर्दछ, जसले यो फोनलाई लामो समयसम्मको लागि उपयोगी बनाउँछ र तपाईंको डिभाइसलाई आगामी वर्षहरूमा सुरक्षित र अपटुडेट राख्छ।

डिभाइसको २जीदेखि फाइभजीसम्मको नेटवर्कहरूले व्यापक कनेक्टिभिटीका विकल्पहरू प्रदान गर्ने सुनिश्चित गर्दछ, जसले गर्दा नेपालका प्रयोगकर्ताहरूले छिटो र भरपर्दो इन्टरनेटको आनन्द लिन सक्छन् । यसले हाम्रो जीवन, काम गर्ने र खेल्ने तरिकालाई परिवर्तन गर्नेछ।

६/१२८ जीबीको २७ हजार ९९९ रुपैयाँ, ८/१२८ जीबीको २९ हजार ९९९ मा र ८/२५६ जीबीको ३३ हजार ९९९ रुपैयाँ मूल्य रहेको छ । यो फोन इन्स्टान्ट फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

यो सेवामा शून्य प्रतिशत ब्याजमा झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रोसेसिङद्वारा तपाईंको मनपर्ने डिभाइस एक घण्टा भित्र प्राप्त गर्न सकिनेछ।
विभिन्न रंगहरू कालो निलो, निलो र हल्का निलोमा उपलब्ध यी डिभाइसहरुले वास्तवमै राम्रो काम गर्नुको साथै स्टाइलिश र आरामदायक डिजाइनको साथ हेर्दा पनि आकर्षक देखिन्छ । यी उत्पादनहरु नेपालभरिका स्टोरहरुमा यही फागुन ७ गतेदेखि उपलब्ध हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार