प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमका यस्ता अफर

नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको हो ।

सो अफर आज (२०८० फागुन ६) देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । यस अनुसार नेपाल टेलिकमले सहिदहरुको सम्मानार्थ सहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउनेछ ।

साविक बमोजमको फ्रि रिसोर्स अर्थात् १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इयरली वान टाइम प्याकेज र कम्बो इयरली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार