‘अगस्त्य च्याप्टर–१’को ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘अगस्त्य च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, बिछोड, बदला र परिणाम देखाइएको छ ।

ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार समेटिएका छन् । सौगातका दुई रूप ट्रेलरमा देखिन्छ ।

चलचित्र ‘अगस्त्य च्याप्टर– १’मा सौगातसँगै मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेतलगायत कलाकार मुख्य भूमिकामा छन् ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘अगस्त्य’ फागुन १८ गतेबाट प्रदर्शनमा आउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार