प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पठायो पत्र

सर्वाधिक चर्चित सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई औपचारिक रुपमै प्रतिबन्ध हटाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र पठाउँदै टिकटकका प्रतिनिधिले ५ क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सञ्चारमन्त्री रेखा शर्मालाई सम्बोधन गरी निम्नानुसारको प्रतिबद्धता जाहेर गरिएको छ । प्रतिबद्धतालाई विचार गरी नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरिएको छ ।

यस्ता छन् पाँच प्रतिबद्धता 

१. नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध छौँ 

२. यसका विषयवस्तुसँगको ध्यानाकर्षणलाई सम्बोधन गर्न प्रत्यक्ष रिपोर्टिङको पहुँच प्रदान गर्छौँ र एक समर्पित फोकल प्वाइन्ट उपलब्ध गराउँछौँ 

३. टिकटकमा राखिने विषयवस्तुको जाँच र नियमन बढाउन अझै धेरै नेपाली बोल्ने स्रोतहरु राख्नेछौँ 

४. राष्ट्रव्यापी रुपमा इन्टरनेट सुरक्षा र डिजिटल शिक्षा अभियान कार्यक्रम गर्नेछौँ 

५. हाई स्कुल र कलेज विद्यार्थीका लागि शैक्षिक नतिजामा सुधार ल्याउन शैक्षिक विषयवस्तुलाई डिजिटलीकरण गर्नेछौँ 

सरकारले गत २७ कात्तिकमा सामाजिक सद्‌भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको जिकिर सहित टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार