नेपाललाई तेस्रो सफलता, मल्लले लिए निकोलस किर्तोनको विकेट

तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले बलिङ गरिरहेको नेपालले तेस्रो सफलता प्राप्त गरेको छ । खेलको १८.१ ओभरमा कुशल मल्लको बलमा निकोलस किर्तोन आउट भएका छन् । उनी १२ बमा ३ रन जोड्दै आउट भए ।

यसअघि आकाश चन्द र आजको खेलमार्फत् डेब्यू गरेका हेमन्त धामीले नेपाललाई विकेट दिलाएका थिए हेमन्त नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका छन्। क्यानडाले १८ ओभरमा ३ विकेट गुमाउँदा ७६ रन जोडेको छ ।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।

फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।

कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक
एकदिवसीय सिरिज खेल्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार