सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग लियो बयान

सुन तस्करीबारे जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर आइतबार बयान लिएको हो ।

दावा पुर्पक्षका लागि थुनामा छन् । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव समेत रहेका पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको आयोगका एक सदस्यले बताए ।

यसअघि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग पनि आयोगले बयान लिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार