मुम्बाईको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु

भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्मृयु भएको छ । त्यहाँ अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।

बिहीबार राती भएको आगलागीमा परेर १० जनाको मृत्यु भएको प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । अझै पनि केही व्यक्ति फसेको अनुमान गरिएको पनि प्रशान्तले बताए ।

कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार