दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं- नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ ।

यस दिन ९१ कम्पनीको सेयरमूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार