कतार लगातार दोस्रो पटक एसिया च्याम्पियन

अक्रम अफिफको ह्याट्रिकप्रेरित कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ ।

शनिबार राति लुसेल रंगशालामा भएको उपाधि भिडन्तमा जोर्डनलाई ३–१ ले हराउँदै कतार लगातार दोस्रो पटक एसिया च्याम्पियन बनेको हो ।

खेलको २२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै अफिफले कतारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको जोर्डन दोस्रो हाफमा फर्कियो । अल नाइमतले ६७औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

तर, ७३औँ र खेलको इन्जुरी समयमा अफिफले नै पाएको पेनाल्टी सदुपयोग गर्दै कतारलाई सहज जित दिलाएका हुन् । योसँगै कतार लगातार दुई उपाधि जित्ने पाँचौ टोली बनेको छ । यसअघि पछिल्लो पटक सन् २००४ मा जापानले लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता कतारका अफिफ नै घोषित भएका छन् । यस्तै, कतारका मेसलबर्सम प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार