निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने

पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआई पार्टीले आज प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको छ । पीटीआईका नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन परिणामहरू रोकिएको र ढिलाइ भइरहेको निर्वाचन क्षेत्रहरूमा रिटर्निंग अधिकारीहरूको कार्यालय बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

गोहरले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै पार्टीका कार्यकर्ता र समर्थकलाई कानूनअनुसार विरोध गर्न आग्रह गर्दै यो संवैधानिक अधिकार भएकोसमेत बताएका छन् ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले शनिबार मध्यरातसम्ममा पूर्ण परिणाम घोषणा गर्न निर्वाचन आयोगलाई दबाब दिएको थियो ।

‘निर्वाचन आयोगले मध्यरातभित्र पूर्ण परिणाम घोषणा गरोस्, नत्र नतिजा नआएका क्षेत्रमा आन्दोलनको सामना गर्न तयार रहनुपर्छ’, सो पार्टीले हिजो भनेको थियो । यस क्रममा पीटीआईले केन्द्रका साथै पञ्जाब र खैबर–पख्तुनख्वा प्रान्तमा पनि सरकार बनाउने बताएको छ।

खान नेतृत्वको पीटीआई समर्थक स्वतन्त्र उम्मेदवारले ९२ स्थानमा बिजय हासिल गरी पहिलो स्थानमा रहेको छ भने नवाज सरिफ नेतृत्वको पिएमएलएन ७१ सिटसहित दोस्रो स्थानमा रहेको छ । पिपिइ ५४ र जेएलएफ ५ र अन्य स्वतन्त्रले ३३ स्थानमा बिजयी हासिल गरेका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार