यी हुन् त्रिवि उपकुलपतिको सर्ट लिस्टमा परेका १४ जना

त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले १४ जनाको नाम सार्वजनिक गरेको छ । उपकुलपतिको लागि खुलाएको विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए । उपकुलपति छनोट कार्यविधिमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको नाम मात्रै समावेश गरिएको छ ।

यसअघि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन् ।

संक्षिप्त सूचीमा परेकाहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ । त्यसका शिक्षा मन्त्रालयमा माघ २९ गतेदेखि फागुन २ गतेसम्मको समय तालिका निर्धारण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार