काठमाडौंमा आज वर्षकै उच्च वायुप्रदूषण, भिजिविलिटी ह्वात्तै घट्यो

सर्तक रहन र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध

देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका कारण वायूप्रदूषण बढेको बताए ।

विभागले प्रदूषणको दर दैनिकजसो बढ्दै गएको भन्दै सर्तक रहन र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । वातावरण विभागको तथ्याङक अनुसार काठमाडौं, सौराहा, सिमरा लगायतका सहरको वायुप्रदूषण अति हानिकारक स्तरमा पुगेको छ । विभागले नियमितरुपमा वायुको प्रदूषण मापन गर्दै आएको छ ।

काठमाडौंको मुख्य शहरी क्षेत्र भैसेपाटी, कीर्तिपुर, भक्तपुर, सौराहा र सिमरामा पिएम २.५ माइक्रोनको धूलोको प्रदूषण सबै भन्दा बढी मानवस्वास्थ्यमा हानिकारक बनेको विभागको तथ्याङकले देखाएको छ । काठमाडौंको भैसेपाटी क्षेत्रको बायु बिहीबार राती ९ बजे र शुक्रबार अपरान्ह ३ बजे दुई सय ३० माइक्रोग्राम प्रतिमिटर क्युब पुगेको छ । यहाँ पिएम २.५ माइक्रोन आकारकै धुलोको प्रदूषण २४ घण्टामा बिहीबार एक सय १९ माइक्रोग्राम प्रतिमिटर क्युब पुगेको थियो भने शुक्रबार एक सय ८० पुगेको तथ्याङक छ ।

यता सौराहामा एक साता अघि वायुप्रदूषण थिएन तर २४ घण्टाको तथ्याङक हेर्दा बिहीबार ९१ माइक्रोग्राम प्रतिमिटर क्युब थियो भने एक्कासी बृद्धि भएर शुक्रबार भने २६७ पुगेको वातावरण विभागको तथ्याङकले देखाएको छ । यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीले बताए । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना गर्‍यौं भने यसबाट बच्न सक्छौं’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । ‘धुलोका कणहरु त केही दिनदेखि वायुमण्डलमा थिए, अहिले डढेलोका कारण भिजिविलिटी कम भएको अनुमान गरेका छौं,’ मौसमविद राजु प्रधानांगले भने ‘यसबारे हमी कन्फर्म हुन सकेका छैनौं ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार