४३ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान

न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश पदमा दरखास्त आह्वान गरेको छ ।

न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरेको हो ।

आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २ २ जना र दलित तथा अपांगता भएकाबाट १ १ जना नियुक्तिको लागि दरखास्त मागिएको हो। परीक्षा आगामी वैशाख २७, २८, २९ र ३० गते हुने सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार