काठमाडौँको सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य

सिट क्षमताभन्दा बढी यात्रु राख्ने नपाइने

काठमाडौंको सार्वजनिक यातायातमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ । कोरोना संक्रमण जोखिमलाई रोकथाम र नियन्त्रणका गर्न सरोकारवाला निकाय बिचको छलफलमा यस्तो निर्णय गरिएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना महामारीको जोखिम न्युनीकरणका लागि मास्क प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई कारबाही गर्ने निर्णय भएको छ । सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय पनि गरिएको छ ।

त्यस्तै अबदेखि सिट क्षमता अनुसार यात्रु राख्नुपर्नेछ । सवारीमा चढ्ने यात्रुले भौतिक दूरीलगायत सुरक्षाका मापदण्ड अनिवार्य पालना गनुपर्ने निर्णय भएकोसमेत प्रजिअ पराजुलीले बताए । कोभिड(१९ संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार