वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई स्वास्थ्यमा समस्या देखिएको छ । शनिबार उनको सचिवाललयले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई जनै खटिरा आएको जानकारी दिएको हो ।
जनै खटिरा आएपछि चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। ‘विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ’, गौतमले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार कोटेश्वर नेपाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले नेपालको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। गौतमका अनुसार नेपालको स्वास्थ्य समस्याका कारण प्रचण्डले संक्षिप्त भेट गरेका हुन्। शनिबारको भेटमा अन्य राजनीतिक विषयमा कुराकानी नभएको उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार