ग्लोबल आईएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

ग्लोबल आईएमई बैंकले एकैसाथ तीन वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका परासी, मोरङको विराटनगर महानगरपालिका, झापाको भद्रपुर नगरपालिकामा नयाँ तीन वटा शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा २७३ शाखा सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार