अफगानिस्तानबाट अमेरिकी सेनालाई अगष्ट ३१ सम्ममा फिर्ता गरिने

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् । अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै आफ्नौ सैन्य कारबाही अन्त्य गर्ने बताए ।

युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फिर्ता भइरहेकोे गतिको समेत बचाउ गरेका छन् । तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनको पछिल्लो प्रतिक्रिया आएको हो ।

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको छ ।

यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोकेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार