ओलीले बनाए सुमनराज प्याकुरेललाई राष्ट्रियसभामा दलको नेता

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा संसदीय दलको नेता सुमनराज प्याकुरेललाई चयन गरेका छन् । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई पहिलेकै स्थानमा ब्युँताइदिपछि राष्ट्रियसभामा संसदीय दलको नेता खाली थियो ।

साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मा थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि शर्मा माओवादी केन्द्रमा रहे ।

प्याकुरेल राष्ट्रियसभामा एमालेको संसदीय दलको नेता बनेको पत्र प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पठाइसकेका छन् । सचिवालयले उक्त पत्र प्राप्त भइसकेको जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार