प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् विस्तार, माओवादी र नेपाल समूह छाडेका बने मन्त्री

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले माओवादी छाडेर एमालेतिर लागेका र खनाल(नेपाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले चारजना मन्त्री थपेका छन् । हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम बहादुर मगर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । विस्तारित मन्त्रिपरिषद्का सदस्यले शुक्रबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी ुप्यासीु बाट शपथ ग्रहण गरेका छन् ।

यस्तै माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर आएका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, माधवकुमार नेपाल समूह छोडेर आएकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार