नायिका जेनी कुँवरले गरिन् आत्महत्या

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन् । प्रहरीका अनुसार उनले आफू बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा झुन्डियर आत्महत्या गरेकी हुन् ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन रहेको जनाएको छ । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् । बिहीबार राति करिब ९ बजेतिर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् । पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार