बाग्लुङबाट भैरहवा हिँडेको बसले पोखरामा ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

पोखरा महानगरपालिका-२७ लेखनाथमा बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

आज बिहान बाग्लुङबाट भैरहवाका लागि छुटेको लु१ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर भित्तामा ठोक्किँदा भारत घर भएकी इसरावती कुमारीको ज्यान गएको हो ।

उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ज्यान गएको हो । घाइते तनहुँको म्याग्दे गाउँपालिका-१ का ४६ वर्षीय रामजी गन्धर्व र पर्साकी ४६ वर्षीया चिजमायाँ गन्धर्वको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार